- दिब्यराज घिमिरे
स्वतन्त्र र सक्ष्यम न्यायप्रणाली स्थपना गर्न, एकतन्त्री एवं अधिनायकबादी विचार, ब्यबस्था र प्रवृत्तिका विरुद्ध कानून ब्यबसायीहरुलाई संगठित गरी विधिका शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा सदैव प्रयत्नशील रहने ।
राष्ट्रियता, लोकतन्त्र, समाजबादका मूल्य मान्यता र सामाजिक न्यायको सिद्धान्त प्रति प्रतिबद्ध लोकतन्त्रबादीहरुको साझा प्रतिनिधी संस्थाको रुपमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको तत्कालिन श्रद्देय बरिष्ठ अधिबक्ता स्वर्गिय लक्ष्मण
अर्यालज्यूको नेतृत्वमा २०४७ साल मंसीर ५ गते विधिवत रुपमा संस्था दर्ता गरि देश भरिका लोकतन्त्रबादी कानून ब्यबसायीहरुलाई एकत्रित गर्ने कामको सुरुवात गरियो ।
३१औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्पूर्ण लोकतन्त्रबादी आदरणीय बरिष्ठ अधिबक्ता, अधिबक्ता, अभिवक्ता र अविबक्ता ज्यूहरुमा संगठन र मेरो ब्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । संस्थाको उदेश्य प्राप्त गर्नका लागि विधिको शासन, कानूनी राज्यका विशिष्ट पक्षमा काम गर्ने पवित्र अवधारणाको विजारोपणको सुरुवात गरियेकोदीन जसलाई सम्पन्न गर्न नेपाल भरिका प्रजातन्त्र प्रति आस्थावान लोकतन्त्रबादी कानून ब्यबसायीहरु एकिकृत हुनुको विकल्प थिएन ।
तब मात्र प्रजातन्त्रबादी कानून ब्यबसायीहरुले देखेको विचार र ब्यबहारलाई हामी बिच बास्तविक सम्भाब्य र संभव ठानेका कुराहरुमा सवाल जवाफको सुरुवात हुन सक्दछ । संगठनको संस्थागत विकास एवं विस्तारका लागि कतै न कतैबाट सुरुवात त हुनु पर्यो नि ? त्यो कतै भनेको हामी स्वयं तमाम कानुनका पहरेदार नै हौं । हामी आबद्ध रहेको संस्थालाई हामी आफैलेनै अगाडि बढाउन, आफ्नो दायित्व र अधिकारबाट विचलित हुन्छौ भने हामी अरुका निम्ति कानूनी परामर्श गर्छौ वा कानूनी बेत्ता हूँ भन्नु अलिक असजिलो हुनेछ ।
संस्थाको आत्म सम्मानको अभावमा अरुलाई ओझेलमा पारेर आफ्ना निम्ति पहिचान र प्रचार खोज्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । विगत तथा वर्तमानका अनेक प्रकारका प्रचार र परम्पराबादी विचारबाट नेतृत्व चयन प्रकृया भित्र बस्तु विनिमयको विद्यमानता रहन्छ भने त्यस्तो विनिमयमा लागिरहदा एउटा सम्झौता परक अनि युद्धका सिपाहि मात्र हुने सम्भावना भित्रको प्रबृति हाम्रो सामु सतहमा देखा पर्दछ ।
संगठनको स्थापनाको उद्गम स्थान देखि हालसम्मको चरणहरुलाई अनुभव, अनुभूतिका साथ लेखाजोखा गर्दा केही बर्षयता संगठन भित्रको अत्यन्त ठूलो आस्था र आदरभावमा हामी तमाम् प्रजातन्त्रमा विश्वास राख्ने लोकतन्त्रबादी कानून ब्यबसायीहरु हराउन ओझेलमा पर्न थालेका छौं । मुलकको निरंकुश कानूनी ब्यबस्था, स्वच्छाचारी कार्यपालिकाको कानूनी शासन विरुद्ध परिवर्तन लाई संभव तुल्याउने ती सबै कारणहरु प्रतिको विश्वास बलियो भएर मात्रै हामी आजको अवस्थामा आई पुगेका हौं भन्न सक्दछौं ।
संस्थाका निम्ति गर्नु पर्ने अन्तरनिर्भरता र अनित्यताका कारण परिस्थिति अनुसार हुने परिवर्तनले भयावह अन्योल सृजना गर्न सक्दछ भन्ने तथ्य भित्रको परिवर्तन अत्यन्त विस्तारै र थाहा नपाउने गरी हुन्छ भन्ने पनि बुझ्नु अपरिहार्य भएको छ । संगठनको अस्तित्व वा अस्मिताको खुलापन नै हाम्रो बहस पैरवीबाट देखिने बौद्धिक तह हो । हामीहरुबाट आ–आफ्नो अनुभूतिमा जे जति पुस्ट्याइ गर्न सक्दछौं ती सबै बाट हामी बिचमा सहजता हुन्छ । हामी भित्रको भिन्नताबोध प्रति हामी आफै संबेदनशील भयौं भने मात्र आफु र अरु विचको भिन्नता अथवा कर्ता र कर्म विचको भिन्नताबोधको विकास हुन थाल्दछ । तर जब हामी विशुद्ध पेशागत रुपमा लाग्दछौं, त्यसबाट निस्केर भिन्नताको क्षेत्रमा प्रवेश गर्छौ, त्यसबाट देखिने भिन्नतालाई नै सत्य वा वास्तविक ठान्न थाल्दछौं ।
तब मात्र पेशागत रुपमा अन्योलता शुरु हुन्छ, किनकी हाम्रो अभ्यास र अनुभूतिमा आएका कुनै पनि कुरा यर्थाथमा त्यति विश्वासिलो, सत्य वा बास्तविक हुदाँ रहेनछन, जति हामीले ठानेका हुन्छौं । हामी तैरिरहेको स्कूलिंगबाट जब विस्तारै निस्कन्छौं, वरिपरि हाम्रा परिधिमा रहनु भएका श्रद्धेय कानून बेत्ताहरुको ठाँउ र छेउछाउका विनोदी स्वभावका स्थानहरुले झनझन स्पष्ट रुप लिन थाल्दछन्। अनि मात्र हामी तिनको स्थायित्वको चाहना गर्न थाल्दछौं । संगठनको उदेश्यलाई सहजै परिभाषित गर्न वा भर पर्न नसकिने अवस्थामा पनि हामी ढुक्क भएर आराम गर्ने ठाउको खोजी गर्न थाल्दछौं ।
एक पछि अर्को गरी मञ्चित भइरहेका अनूभूतिका सारमा आफु लाई उभ्याउनकालागि भए पनि खडा हुने प्रबृतिले
सँधै हामीलाई निराशाको भर्याङ्ग देखाई रहेको अवस्था छ । संगठन भित्रको शून्यता र प्राञ्जलता देखिने कुरा होइनन् । हाम्रा निम्ति अनगिन्ति क्षमता मध्ये एउटा प्रमुख क्षमता नै संगठन भित्र सजगता हो, त्यो नै हामीले अनुभूत गरी रहेका हरेक कुरालाई देख्न सक्ने, बुझ्न सक्ने, चिन्न सक्ने त्यो विशिष्ट क्षमता भित्र रहेको संगठन नै हो । संगठन भित्र रहेका उदेश्य प्राप्तिका लागि सम्भाब्य रुपहरु प्रतिको जाग्रतता र सजगताका आधारभूत अम्यासको आवश्यकता आजका दिनमा जरुरी भएको छ ।
संगठन भित्रको कालोबादल प्रत्येक क्षण, प्रत्येक दिन, विचार र संवेग आदिलाई प्रतिविम्वित गर्दै बदलिरहेको पाइन्छ । तर संगठन भित्र जे सुकैलाई प्रतिविम्वित गरेको भए पनि त्यसको स्वामित्व भने परिवर्तन हुदैन जहिले पनि पारदर्शी नैरहन्छ । बतास चलेको बेला आकाशको बादल फाटे जस्तै, संगठनलाई इकाइमा वा स–साना समूहमा देखिने प्रकृयाको थालनीबाट आफुदेखि बाहिर कोहीमा वा कसैमा आफ्नोे पहिचान र सन्तुष्टि खोज्ने चाहना हुन्छ । निरन्तर बदली रहेका परिस्थितिहरुको बीचमा स्थिर बोध गराउने कुनै चिजको खोजी हो जस्तो मलाई लाग्दछ ।
जो खुलापन, न्यानोपन र कौतुहलको आधारभूत सिद्धान्त देखि बाहिर अरु नै कुनै चीजप्रति आसक्त भएर कोही सँग जोडिन चाहन्छ, त्यसमा आराम खोज्छ, घनिष्ठता खोज्छ अनि पिरतीका रुमानी सम्बन्धका भाकाहरुका लय मिलाइ रहेको देखिन्छ । त्यसैले संगठनको परिवर्तन अप्रत्याशित हुन्छ, स्वरुप अनिश्चित हुन्छ भने पनि हामी सबैले संगठनका सम्भावनालाई सम्मान गर्नु पर्दछ । “म” भन्ने शब्दको प्रतिकृया बुझ्न परिवर्तन र त्यसप्रति हाम्रो प्रतिकृयालाई अझ गहिरो सँग हेर्नु पर्दछ, तव मात्र संस्थाकोउदेश्य प्राप्ति हुन सक्दछ भन्ने मेरो धारणा छ ।