संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना आज काठमाडौं आउँदै

| 2023 Sep 07 | 06:48 am 581

काठमाडौँ,भदौ २१। नेपाली सेना र अमेरिकी सेनाबीच आगामी भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच हुँदै आएको उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो ।

संयुक्त सैन्य अभ्यासमा भाग लिन अमेरिकी सेनाको १२ सदस्यीय टोली आज बिहीबार काठमाडौं आउँदै छ । उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३० जना अधिकृत तथा अन्य दर्जाको सहभागिता रहने बताइएको छ ।

संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायललगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागिता जनाउँँदै आएको छ ।

(गोर्खापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.