काठमाडौं, जेठ ३१ : फेसियल हाउसकी सञ्चालक शुष्मा महरा राष्ट्रिय स्वर्ण नागरिक सम्मानबाट सम्मानित भएकी छिन् । वातावरण तथा नागरिक समाज क्षेत्रमा उनले पुर्याएको योगदान स्वरूप सम्मान गरिएको हो ।
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र कृृषि, भूमि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले संयुक्त रूपमा उक्त सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा मन्त्री बस्नेतले वातावरण जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउँदै सबैलाई सक्रिय हुन आग्रह गरे । उनले भने, ‘आजको अवस्था आउने कुरा हाम्रा पुर्खाले सोचेका थिएनन् । आगामी ५० वर्षमा के हुन्छ त्यो चाहिँ हामीले अहिल्यै सोच्नुपर्छ ।’
अभियान्ता महेश जंग कुँवरले वातावरण सबैको सरोकारको विषय रहेको बताउँदै ध्यान आकृष्ट गरेका थिए । उनले भने, ‘सामाजिक र राजनीतिक विषय भन्दा पनि वातावराण महत्त्वपूर्ण भइसकेको छ । त्यसैले हामीले वातावरण संरक्षणमा ध्यान पुर्याउन जरुरी छ ।’