विवाह कुनै पनि समय हुनुसक्छ : आलिया

रिपोर्ट नेपाल | 2018 Aug 08 | 07:52 am 3715

मुम्बई, साउन २२: बलिउड अभिनेत्री आलिया भट्टको ३० वर्ष नाघेपछि विवाह हुने पारिवारिक भनाइको यी अभिनेत्री स्वयंले खण्डन गरेकी छिन्। नयाँ फिल्म ब्रम्हास्त्रको सुटिङमा अमेरिकाबाट बुल्गेरिया पुगेकी यी अभिनेत्रीले त्यहाँका सञ्चारमाध्यमसँग गरेको कुराकानीमा यस्तो खण्डन गरेकी हुन् ।

आफ्नो प्रेमसम्बन्ध सोही फिल्मका अभिनेता रणवीर कपुरसँग रहेको उनले बताएकी छन् । विवाह कहिले हुन्छ भन्ने प्रश्नमा उनले जहिले पनि हुन सक्ने प्रतिक्रिया दिएकी छन् ।

कतिपय अभिनेत्रीले विवाहपछि फिल्म छाडेका छन् तर अभिनेत्री आलियाले विवाहपछि पनि आफूले फिल्मलाई निरन्तरता दिने बताएकी छन् । विवाहपछि आलियाले फिल्म छाड्ने चिन्ता आफन्तदेखि शुभचिन्तकलाई भएको जिकिर गर्दै यी अभिनेत्रीले त्यस्तो चिन्ता नलिन अनुरोध गरेकी छन् । आफ्नो विवाह हुन अझै केही समय लाग्ने र विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले प्रस्ट्याएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.