दाङ, माघ २० : राजपुर गाउँपालिका–७ भौवानाका क्षेत्रमा विभिन्न किसिमका अवैध हातहतियार सहित दुई जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ भौवानाकाका ६३ वर्षीय जितबहादुर बुढा र सोही ठाउँका ३९ वर्षीय रुद्रमणी घर्ती रहेका छन् ।
उनीहरुका घरबाट भरुवा बन्दुक ५ थान, बाह्रबोरको बन्दुक १ थान, एरगन राईफल ३ थान, कटुवा पेस्तोल १ थान, रिभलवर १ थान, सानो हतियारको नाल १२ थान, भरुवा बन्दुकको नाल २९ थान र भरुवा बन्दुक १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी जितबहादुरको घरबाट हतियार बनाउन प्रयोग हुने आरन मेसिन सेट १ थान, रेती ३ थान, हेक्साब्लेट १ थान, सानो तथा ठूलो हतौडा १–१ थान, पेचकस १, छिना र सनासो २–२ थान, ढुङ्गा १ थान, पित्तल काट्ने कैची १ थान, स्ट्रीङ र बर्मा १–१ थान, ग्रुप काड्ने टप ११ थान, बाहीरी ग्रुप काट्ने टप र सुम्मी १–१ थान, काठको बट ३ थान, सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, वोल्ट १ पोका, काजा ३ थान, सुईरो २ थान र मोबाईल १ थान समेत प्रहरीले बरामद गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।