विखण्डनकारी र हिंसा भड्काउनेलाई कारवाही गर्ने

रिपोर्ट नेपाल | 2018 Jun 04 | 06:30 pm 2808

हेटौँडा, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा सरकारले कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैसरकारमा नरहेका पार्टीलाई पनि राष्ट्रको मूल प्रवाहमा ल्याई दिगो शान्ति र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराइने बताए ।

अाेलीले छिमेकी भारत र चीनसँग परिपक्व कूटनीतिक सम्बन्ध राख्दै केही वर्षभित्रै भारतको रक्सौल तथा चीनको केरुङबाट काठमाडौँ जोड्ने रेल्वे र पानीजहाज चलाउने कार्यक्रमलाई दृढताका साथ कार्यान्वयन गरिने बताए ।

भेलामा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र कुमारी मोक्तानले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न केन्द्रीय सरकारबाट बजेट उपलब्ध गराउन प्रधानमन्त्रीसँग माग गरेकी छिन् ।

प्रधानमन्त्रीले आजै प्रदेश नं ३ का मुख्यमन्त्री तथा मन्त्री र विभिन्न मन्त्रालयका सचिवसँग आज मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा प्रदेश सरकारले जनताका लागि सुशासन र दिगो विकास दिन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.