लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालक माग्यो

| 2023 Aug 16 | 10:22 am 2461

काठमाडौँ, साउन ३० । लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । दरखास्त दिनु अघि सवारी चालक अनुमतिपत्र प्राप्त गरेको र म्याद बहाल गरेकाले आवेदन दिन सक्नेछन् । साथै स्थायी कार्यालय सहयोगी पदमा नियुक्त भई हाल सवारी चालकको काम गरिरहेको हुनु पर्ने न्यूनतम योग्यता ताेकेकाे छ ।

आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने सूचना मार्फत उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोगले तोकेका आवश्यक कागजपत्रसहित अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.