रेशम चौधरी पक्ष नागरिक उन्मुक्ति पार्टीको बैठक सुरु

| 2024 Apr 05 | 02:20 pm 601

काठमाडौँ २३ चैत / शुक्रबार अनामनगरस्थित पार्टी कार्यालयमा रेशम चौधरी पक्ष नागरिक उन्मुक्ति पार्टी केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका संरक्षक रेशम चौधरीले महाधिवेशनले चयन गरेको केन्द्रीय समितिकाे बैठक सुरु भएको दाबी गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक नभएको बताएकी छिन ।

एक विज्ञप्ति जारी गर्दै पार्टीले कुनै बैठक नबोलाएको अध्यक्ष श्रेष्ठले बताएकी छन् । निर्वाचन आयोगले महाधिवेशनलाई मान्यता नदिएका कारण संस्थापक केन्द्रीय सदस्यसहितको केन्द्रीय समिति नै क्रियाशील रहेको र सो समितिको बैठक नभएको उनले प्रस्ट पारेकी छन् ।

श्रेष्ठले बोलाएको केन्द्रीय समिति बैठकमा झडप हुँदा बैठक स्थगित भएको थियो । रेशम चौधरी पक्षका नेताहरुले आफ्ना पक्षका नेताहरुलाई कुटपिट गरेको आरोप श्रेष्ठले लगाएकी छन् । झडप भएकै दिन रेशम चौधरीले आजका लागि बैठकको आह्वान गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.