रेखा थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

रिपोर्ट नेपाल | 2018 Jun 01 | 11:57 am 6750

काठमाडाैं, १८ जेठ । चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् ।

तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको स्रोतले बतायो ।माओवादी त्यागेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी रेखा राप्रपा फुटेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटपछि उनी नेकपामा आउने मनस्थितिमा पुगेको स्रोतले बतायो । भेटमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न रेखालाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.