राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

| 2023 Apr 19 | 07:57 am 393

काठमाडौं, बैशाख ६ः राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लाने तयारी गरिएको छ । उनलाई आज (बुधबार) एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लाने तयारी गरिएको बताइएको छ ।

हिजो (मंगलबार) साँझ उनको स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार हुन नसक्ने अस्पताल स्रोतले बताएपछि थप उपचारका लागि पौडेललाई भारत लान लागिएको पारिवारिक स्रोतले बताएको छ ।

हिजो नै उनको बायाँ छातिको तल्लो भागबाट एक्सरेको सहायताले पानी निकालेर परीक्षण गरिएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.