माटोको लेदो खसेर अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग सञ्चालन

रिपोर्ट नेपाल | 2018 Jun 12 | 04:40 pm 3179

सिन्धुली, २९ जेठ अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो । फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले दिउँसोबाट पूर्णरुपमा सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

सडकमा लेदो थुप्रिँदा राजधानी हिँडेका सवारी साधन र राजधानीबाट ओखलढुङ्गा, खोटाङलगायतका जिल्लातर्फ गुडेका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका छन् ।

गएराति जिल्लाको धेरैजसो भूभागमा अविरल वर्षा भए पनि लोकमार्ग अवरुद्धबाहेक अन्य क्षति नभएको जानकारी दिँदै उनलेले वर्षात्को समय भएकाले खोला तथा नदी आसपासका वासिन्दालाई सचेतपूर्वक बस्न र कुनै जोखिम भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.