नेपाली कांग्रेस अहिले महासमितिमा होमिएको छ। महाधिवेशनबाहेक हरेक वर्ष पार्टीको शक्तिशाली संसद्को रुपमा मानिएको महासमिति बैठक बस्नुपर्ने विधानमा व्यवस्था भएपनि करिब २ वर्षपछि पहिलोपटक बैठक फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा शुरुहुदै छ।
नेपाली काँग्रेसलाई समयानुसार हिडाउन निर्देश गर्ने महासमिति बैठक हुनु आम काँग्रेसजनलाई खुसीको कुरा हो । आफूलाई सच्चा प्रजातन्त्रवादी भन्ने काँग्रेस पार्टी भित्र यस्ता बैठक नेतृत्वले प्राय गर्न खोजेको देखिदैन । थुप्रै नेता कार्यकर्ताको तिब्र असन्तुष्टि र विरोधका कारण हुन लागेको यो महासमिति बैठक ऐतिहासिक र नेतृत्वलाई निरंकुश होइन लोकतान्त्रिक विधिबाट चल्ने बनाउन कोशेढुङ्गा बनोस भन्ने शुभेच्छा यो पंतिकारको तर्फ बाट प्रकट गर्न चाहान्छु ।
२००७ साल र २०४६ सालका आन्दोलन र त्यसले ल्याएका परिवर्तनको अगुवाइ गरेको कांग्रेसले त्यसपछिका सत्ताको पटक-पटक नेतृत्व गर्यो। २०६२-६३ सालको जनआन्दोलनमा पनि प्रमुख अगुवाको रुपमा रयो । नेपालको लोकतान्त्रिक आन्दोलनको कमाण्ड गरेको सबै भन्दा पुरानो पार्टीहो नेपाली काँग्रेस।
मुलुक अहिले आर्थिक संकट बाट गुज्रिरहेको अवस्था छ। यस्तो बेला मुलुकलाई हरेक संकटमा समाधान दिने कांग्रेस गृहकलहमा रुमल्लिनु दुर्भाग्य हो। पार्टी नेतृत्वमाथि मात्रै औंला उठाएर आफू पन्छिने बाहना महासमितिलाई बनाएर फेरि पनि कुहिरोमा विलिन हुने दुष्प्रयास कुनै शिर्ष नेताले गरे त्यसभन्दा दुर्भाग्य अहिले अरु केही हुनेछैन।
मुलुककै जेठो र इतिहास रचेको पार्टी, जुन हरेक परिवर्तन साक्षीमात्र नभएर परिवर्तनका खातिर त्याग र समर्पण गरेको पार्टी जनताका हरेक विषयमा गम्भीर बहस गर्नु धेरै ढिलो भइसक्यो। पार्टीमा अहिले देखिएका असन्तोष हेर्दा विचारभन्दा व्यक्तित्व, सिंगो संगठनभन्दा अनेक गुट हाबी हुन पुगेका छन्। ‘मनी’ र ‘मसल’ को प्रभावले मुद्दा र विचारमा ग्रहण लागेको छ।
सिद्धान्तमा जोड दिनेहरू पार्टीको आत्मा संकटमा रहेको गुनासो गर्छन्। सिद्धान्तनिष्ठहरू पार्टीमा टिक्न महँगो भएको गुनासो गर्छन्। नेतृत्वमा उदाउन वा टिक्न कार्यकर्तालाई टिकाउनुपर्ने भएको छ। कार्यकर्तामुखी कार्यप्रणालीका कारण सिद्धान्त होइन सुविधा, योगदान होइन योगफल हेर्नुपर्ने भएको छ। कांग्रेस संगठन एउटा पार्टीभन्दा पनि गुट, उपगुट र झुन्डको महासंघजस्तो प्रतीत हुन्छ। सत्तामा धेरै वर्ष रहँदा सुशासन र जवाफदेहितामा खरो जाँचिन नसकेका नेताका कारण को नेता ? को बिचौलिया ? छुट्याउनसमेत कठिनको अवस्था छ ।
मुलुकलाई हरेक संकटमा समाधान दिने कांग्रेस गृहकलहमा रुमल्लिनु दुर्भाग्य हो। पार्टी नेतृत्वमाथि मात्रै औंला उठाएर आफू पन्छिने बाहना महासमितिलाई बनाएर फेरि पनि कुहिरोमा विलिन हुने दुष्प्रयास कुनै शिर्ष नेताले गरे त्यसभन्दा दुर्भाग्य अहिले अरु केही हुनेछैन। सबै नेता र कार्यकर्ताले आफ्नो कारणले पार्टी पछाडि परेको मनन गरेर संयुक्त रूपमा जान तयार भए कांग्रेसअघि बढ्छ। नत्र त आफू र आफ्नो समूहलाई केन्द्रमा राखेर अघि बढ्न खोजे कांग्रेसलाई इतिहासका किताबमा खोज्नुपर्ने हुन्छ ।
कांग्रेसले पछिल्लो समय पटक-पटक धेरै गल्ती गरेको छ। गुटबन्दीको घेरामा सिमित रहँदा कांग्रेसले विभागलाई पूर्णता दिन सकेको , छैन। भातृसंगठनको महाधिवेशन समयमा गर्न सकेको छैन । विचार र राजनीतिभन्दा स्वार्थप्रेरित गुट झाँङ्गिएर भागबन्डामा केन्द्रित भयो। यस्तो बेथितिकाबीच पनि जनताको साथ् उत्तिकै छ । देशमा आर्थिक संकट गहिरिदो छ। जनता हरु अनेक समस्या बाट गर्सित छन्। यस्तो बेला जनतासम्म पुगेर उनीहरूको बोलि बोल्न थाल्यो भने कांग्रेस ब्युँतिन सक्छ।
अन्य पार्टीजस्तै कांग्रेसको पछि पार्टी झुन्ड्याउन सुहाउँदैन। कांग्रेस आफैंमा पार्टी हो, जसले बहुलता र विविधताको प्रतिनिधित्व गर्छ। एक युगको नेतृत्व गर्छ र हरेक रुपान्तरणको अग्रपंक्तिमा अंकित हुन्छ। कांग्रेस एउटा विद्रोह हो, पार्टीमात्र नभएर अभियान थियो, कांग्रेस शब्द नै रोमाञ्चक थियो। त्यसैले मानिस आकर्षित हुन्थे। कांग्रेस, कांग्रेस जस्तो भए पो जनताले रोज्ने हो, तर कम्युनिष्ट वा अरू जस्तो भए कांग्रेसलाई किन रोज्ने? हुन त कांग्रेसलाई माटो भेट्टायो भने फैलिने दुबो जस्तो भनिन्छ, तर दुबो नै सुक्यो भने फैलिदैन यो कुराको सबैले हेक्का राख्न जरुरि छ ।
फागुन ७ देखि बोलाइएको महासमिति बैठकबाट आन्तरिक संगठन र सिद्धान्तका आधार समीक्षा गर्ने अवसरलाई खेर फाल्नु हुँदैन। पराजित मानसिकताबाट ग्रसित भएर आफैं हराएजस्तो, थाकेजस्तो, समस्या पहिल्याउन नसकेजस्तो देखिने कांग्रेसले यही महासमितिबाट देशको राजनीतिलाई दिशा दिने र पार्टी आधुनिक मोडमा ढाल्ने संकल्प गर्न जरुरी छ।
पार्टीमा नेता र नेतृत्व हावी हुनेभन्दा विचार र बहस हावी हुने वातावरण सिर्जना गर्नुपर्छ। तबमात्र यस महासमितिको सार्थकता हुन्छ। मन्चमा भाषण गर्ने तर मनमा गुटको कुन्ठा पालिरहने हो भने महासमितिको औचित्य केही दिनको काठमाडौंको भिडभाड र व्यापार बढाउनेबाहेक केही हुन सक्दैन।
बन्दसत्रमा बोल्ने महासमिति प्रतिनिधिले आमनिर्वाचनमा पार्टीभित्रबाटै भएका अन्तर्घात, नेतृत्वको कार्यशैली, केन्द्रमै व्याप्त गुटबन्दी, संगठनको सुस्तता जस्ता विषय कुरा उठाउँदै पार्टीको अवस्थाबारे गम्भीर आत्मबोध गर्न आवश्यक रहेको बारे ध्यान दिन आबश्यक छ । महासमिति प्रतिनिधिले नीतिभन्दा नेताको शैली परिवर्तनमा जोड दिनु पर्ने देखिन्छ ।
यी कुरालाई विचारगर्दा कांग्रेसमा नेतृत्वदेखि कार्यकर्तासम्म गल्ती भएको महसुस सबैमा भएको छ। पार्टीको राजनीतिक, आर्थिक, सांगठिनक दस्ताबेजमाथि टिप्पणी गर्नु जरुरि छ। किनभने, ‘नीतिमा कुनै खोट छैन । परिवर्तन पनि आवश्यक छैन । परिवर्तन चाहिएको छ त नेताको चरित्र, कार्यशैली र आचरणमा ।’
यही शिराबाट पार्टीलाई एकतामा बाँधेर सबैलाई समान अवसर दिएर युवा पंक्तिको विचार र उर्जालाई पनि विशेष स्थान दिन जरुरी छ। बाहिर देखिएका सभापति देउवा र शेखर कोईराला गुट भएपनि छायाँमा अन्य धेरै गुट तथा उपगुटहरुले खेलिरहेका छन्। उनीहरुले पनि यसरी कांग्रेस कमजोर हुने हेक्का गर्नुपर्छ र सच्चा कांग्रेस भएर पदभन्दा पार्टीको सर्वाङ्गिण हितमा केन्द्रित हुनुपर्छ।
महासमितिमै जोडतोड साथ उठेको विषय हो हिन्दु राष्ट्रको मुद्दा। विगतमा धर्म निरपेक्ष बनाउन मुख्य भूमिका खेलेको कांग्रेसले फेरि पछि फर्किदा कतिको जायज हुन्छ ? यस विषयमा पनि सोच्न जरुरी छ। अहिले संविधानमा व्यवस्था भएकै धर्म निरपेक्षलाई पुन : परिभाषित गरेर सबै धर्मलाई समान धुरीमा राख्ने र धार्मिक सहिष्णुता कायम गर्न जोडबलतिर लाग्नु पर्छ। यदी हिन्दु राष्ट्र मै फर्किने हो भने यसमा आम जनताको धारण के छ भन्ने विषयमा बहस र अध्ययन गर्नुपर्छ। आम धारणालाई प्रतिनिधित्व गर्न सक्ने र आधुनिक नेपाललाई सही दिशामा हिडाउन एजेन्डाको निष्कर्ष यस महासमितिले निकाल्नु पर्छ।
महासमितिले राष्ट्रिय राजनीतिमा बलियो नेपाली कांग्रेस बन्न आत्मबल बढाउने अवसर त्यति बेला मात्र आर्जन गर्छ जब उसले पार्टीलाई मनी र मसलको गठजोडबाट मुक्त बनाउने उपाय दिन सक्छ। राष्ट्रिय पार्टी राजनीतिक मुद्दाका आधार र मुद्दा वहन गर्न सक्ने चरित्रको बलमा उठ्न सक्छ। पार्टीमा नेता र नेतृत्व हावी हुनेभन्दा विचार र बहस हावी हुने वातावरण सिर्जना गर्नुपर्छ। तबमात्र यस महासमितिको सार्थकता हुन्छ। मन्चमा भाषण गर्ने तर मनमा गुटको कुन्ठा पालिरहने हो भने महासमितिको औचित्य केही दिनको काठमाडौंको भिडभाड र व्यापार बढाउनेबाहेक केही हुन सक्दैन।
पार्टी भित्रका साथीलाई वर्ग दुस्मन जस्तै देख्ने विपक्षी दलका मान्छेलाई एउटै आमाको सन्तान जस्तै सम्झने अन्तरघातीको पनि खोजिनीति यो बैठकले गरोस भन्ने आम काँग्रेसजनको माग रहेको छ ।
बाहिर ठूला कुरा गर्ने नेताका अगाडि रुझेको बिरालो जस्तै बन्दै आएका काँग्रेसका महासमिति सदस्यले भोलीको काँग्रेस सक्षम सवल बनाउने कि नेताले बनाएको विधान नीतिलाई थपडी बजाएर बाहिरिने त्यो भने हेर्न बाँकी नै छ ।
लेखक गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन्