भैंसीलाई पानी खुवाउन गएकी बालिका गोठमै बलात्कृत, एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 16 | 02:56 pm 2024

धनगढी, माघ २ :  बाजुरामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

भैंसीलाई पानी खुवाउन गएकी बाजुराकी एक स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिका गोठमै बलाकार गरेको खुल्न आएको प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए । बालिकाकी आमाले दिएको उजुरीको आधारा प्रहरीले थापालाई पक्राउ गरेको हो ।

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।

थापाले बलात्कार स्वीकार गरिसकेको प्रहरीको भनाए छ । प्रहरीसमक्ष बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरेको दाबी गरेकाे थापाले बताएकाे समेत डिएसपी भाटले बताए ।

थापाका २ छोरा र १ छोरी छन् । छोराबाट नातीहरुसमेत भइसकेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.