काठमाडौं, साउन १ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ए सँग ९ विकेटले पराजीत भएकाे छ । टस जितेर व्याटिङ रोजेको नेपालले ३९ ओभर २ बलमा १ सय ६७ रन बनाई अलआउट भएकाे थियाे ।
जवाफी व्याटिङमा आएकाे भारत ए ले २२ ओभर १ बलमै १ विकेटको क्षतिमा लक्ष्यलाई भेट्टाएकाे थियो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए भने नेपालका कप्तान राेहित पाैडेलले १ विकेट लिए ।