काठमाडौं २४ असार । केन्द्रमा भएको गठबन्धन हेरफेर सगै बागमती प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै वर्तमान सरकारमा रहेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर एमाले सरकारबाट बाहिरिएको छ ।
एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।
कांग्रेस र एमालेबीच बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।