चैत १३ काठमाडौँ / शपथ ग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) शीतल निवास पुगेका छन् । अहिले शपथग्रहण कार्यक्रम सुरु भएको छ ।
शुभ साइतमा शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने छ । त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने छ ।