प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, साथमा पाँचजना मन्त्री रहने

| 2023 May 29 | 04:59 pm 593

काठमाडाैं, जेठ १५ः साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई स्वीकृत गरेको छ।

बैठकले प्रधानमन्त्री दाहालको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्री दाहालको भारत भ्रमणकाे क्रममा पाँच मन्त्री सहभागी हुने पनि उनले बताइन्।

प्रवक्ता शर्माका अनुसार टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित पाँचजना मन्त्री सहभागी हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.