‘पेट्रोलिय पदार्थको मूल्यबृद्धि फिर्ता गर्न सकिदैन’- मन्त्री यादव

रिपोर्ट नेपाल | 2018 Jun 05 | 03:15 pm 1840

काठमाडौं २२ जेठ :  पेट्रोलिय पदार्थको मूल्यबृद्धि फिर्ता गर्न नसक्ने आपूर्ति मन्त्री मात्रिका यादवले पुनः दोहोर्‍याएका छन् ।

मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनको प्रतिनिधि टोलीले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री यादवले अन्तर्राष्ट्रिय मूल्य समायोजनका आधारमा नै मूल्य निर्धारण हुने भएकाले मूल्य घटाउन नसकिने बताएका हुन् ।

भारतमा भन्दा पेट्रोल २२ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले भारततर्फ नै तस्करी भइरहेको भन्दै अझै मूल्य समायोजन हुन सक्ने औल्याउए । मूल्यबृद्धिलाई लिएर आन्दोलन नगर्न सुझाव दिदै मन्त्री यादवले पेट्रोलियम क्षेत्रमा भएको भ्रष्टाचार अन्त्य गर्ने अभियानमा सहयोग गर्न आग्रह गरेको थिए ।

विगतमा पेट्रोलियम पदार्थको मूल्यमा राजनीति हुँदा निगम करोडौं घाटामा गएकाले त्यसतर्फ भने विद्यार्थीले आवाज उठाउनुपर्ने मन्त्री यादवको भनाई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.