‘पार्टीभित्र झगडा हाेइन, संसद्मामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ’- उपसभापति निधि

| 2018 Jun 29 | 04:47 pm 3517

काठमाडौँ, असार १५ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु बताएका छन् ।शुक्रबार सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि आज पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा उनले यस्तो बताएका हुन् ।

पदवहालीका क्रममा एक अर्कामा आलोचना गर्ने बेला नभएको र चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको बताए । “पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।”, निधिले भने “काँग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ नेतृत्व होइन, नीतिको बहस गरौँ । ”

राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणाली र शान्तिपूर्ण राजनीति काँग्रेसको एजेण्डा भएकाले यसलाई वडा तहसम्म लैजानुपर्नेमा समेत जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.