नेपाल प्रहरीमा दरबन्दी थप,नवीन्द र देउती डीआईजी बन्दै

| 2024 Apr 07 | 06:59 pm 813

काठमाडौँ २५ चैत / बिहीबार भएका सरकारका निर्णय अनुसार नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ।
आइतबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फ दुईजना डीआईजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको उनले बताइन्।

नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको स्याहार गर्ने केनाइन महाशाखामा पनि डीआईजी राख्नुपर्ने प्रस्ताव पहिलेनै गरेको थियो।
प्रहरी प्रधान कार्यालयले यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा साइबर अपराध हेर्ने गरि एकजना डीआईजी थप्न प्रस्ताव गरेको थियो।

साइबर ब्युरोमा नबीन्द अर्याल र केनाइनमा कार्यरत देवती गुरुङ उनीहरूकै लागि यो दरबन्दी सिर्जना गरिएको हो। तर उनीहरू अवकाशमा गएसँगै उक्त दरबन्दी एसएसपी नै कायम हुने गरी पद सिर्जना गरिएको मन्त्री रेखा शर्माले जानकारी दिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.