नेपाल पुलिस क्लबलाई प्रथम वीरगंज गोल्डकप उपाधि

| 2023 Nov 12 | 04:57 pm 749

काठमाडौं, कार्तिक २६ ।  वीरगंजमा संचालित प्रथम वीरगंज गोल्डकप २०८० को उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । उक्त गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा २ का विरूद्ध शून्य गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम वीरगंज गोल्डकपको उपाधि जित्न सफल नेपाल पुलिस क्लब फुटबल टिमलाई नेपाल प्रहरीको तर्फबाट हार्दिक बधाई दिएका छन् ।

गोल्डकपको उपाधिसँगै नेपाल पुलिस क्लबले ११ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । साथै फाइनल खेलमा नेपाल पुलिस क्लबका गोलकिपर प्रहरी सहायक हवल्दार शुत्रधन चौधरी म्यान अफ द म्याच घोषित भए ।  कात्तिक १८ गतेदेखि संचालित उक्त प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रहरी सहायक हवल्दार शुत्रधन चौधरी बेष्ट गोलकिपर, प्रहरी जवान उज्ज्वल राई बेष्ट मिडफिल्डर र प्रहरी हवल्दार चेत कुमार घिमिरे बेष्ट कोच घोषित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.