निर्वाचन आयोगद्वारा विभिन्न दललाई जरिवाना

| 2023 Jul 17 | 06:45 pm 1521

काठमाडाैं, साउन १ ।  निर्वाचन आयाेगमा दर्ता भएका दलहरुलाई आयाेगले पटक पटक सचेत गराउँदा पनि अटेर गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेकाे छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक बर्ष समाप्‍त भएको ६ महिनाभित्र बुझाउनु पर्नेमा केही दलले आलटाल गरेकोले आयाेग बाध्य भएर  कानुन बमोजिम अगाडी बढेकाे हाे ।  इजाजत प्राप्‍त लेखापरीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरी सार्वजनिक गर्न निर्देशन दिएकाे थियाे ।

आयोगको निर्देशन बमोजिम नगर्ने राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५४ बमोजिम सचेत गराउदै  जरिवाना गर्ने कुरा जनाइएकाे छ ।

सचेत गराई जरिवाना परेका दलहरुकाे सूची:

[pdf-embedder url=”http://reportnepal.com/wp-content/uploads/2023/07/2080-4-1-press-२.pdf” title=”2080-4-1 press २”]

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.