त्रिचन्द्रमा नेविसंघको आपसि भिडन्त

| 2018 May 30 | 11:37 am 2284

काठमाडांैजेठ १६ःनेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कायकर्ताहरु त्रिचन्द्र कलेजमा एक आपसमा भिडन्त गरेका छन् । प्राप्त समाचार अनुसार आज बुधबार केन्द्रीय अध्यक्ष नैनसिंह महरले नियुक्ति दिएका कौशल दाहाल र यस अघि केन्द्रीय प्रतिनिधि बिना अध्यक्ष बनेका शान शिवाकोटी समूह वीच भिडन्त भएको हो । केन्द्रीय अध्यक्षको नियुक्ति पत्र लिएर दलबल सहित कौशल दाहालको समूहले हातहतियार सहित क्याम्पस हाताभित्र प्रवेश गरेको शान समूहले आरोप लगाएका छन् । हतियार सहित प्रवेश गरेको भन्दै शान शिवाकोटीको समूहले प्रतिकार गर्ने क्रममा कौशल दाहाल घाइते भएका छन् । उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ । हतियार सहित क्याम्पस छिरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.