टिपर आतंकले फेरि लियो ज्यान

रिपोर्ट नेपाल | 2018 Dec 26 | 03:43 pm 2321

पर्सा, पुस ११  : सवारी साधन मध्येका सबै भन्दा बढी ठक्कर गराई ज्यान लिनेमा टिपर रहेको छ । त्यस्तै आज बुधबार वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा ना ६ ख ७२८२ नम्बरको टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरिया नगरपालिका–७ कि सविना खातुनको रहेकी छन् ।

विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ३४७३ नम्बरको ट्याम्पुबाट सडकमा लडेकी सविनालाई टिपरले किच्दा उनको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.