झापाका नेकपा नेता चुडेन्द्रको निधन

रिपोर्ट नेपाल | 2018 Jun 03 | 09:58 am 1535

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको गए राति करीब १ः३० बजे हृदयघातका कारण निधन भएको बताइएको छ ।

बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको अधिकारीका पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारी बिर्तामोडस्थित महानन्दचोकमा बस्दै आएका थिए । तत्कालीन माओवादी केन्द्रको विगत १० वर्षदेखि कार्यालय सचिव रहेका अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

मिलनसार स्वभावका अधिकारी पार्टीमा ‘काका’ उपनामबाट परिचित थिए । अधिकारीको आज दिउँसो १ बजे कनकाई नदीमा दाहसंस्कार गरिने नेकपा झापाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.