झक्कु सुवेदीलाई माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउदैँ

| 2024 Mar 10 | 12:50 pm 745

काठमाण्डौ २७ फागुन / आज साँझ पाँच बजे बस्ने गरि नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । उक्त बैठकले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार तय गर्नेछ ।

झक्कु सुवेदीलाई राष्ट्रियसभाको अध्यक्षमा उठाउने माओवादीको तयारी छ । सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीको भागमा परेको छ । आज बस्ने पदाधिकारी बैठकले सुवेदीलाई राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार बनाउने स्रतोले बताएको छ ।

नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई चुनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.