सुन्दै लाज लाग्‍ने संवाद सेन्‍सर भएन, ट्रेलर युट्युबमा

रिपोर्ट नेपाल | 2018 Dec 18 | 11:11 am 2240

काठमाडौं, पुस ३: एकताका नेपाली चलचित्रमा दुई अर्थी संवाद प्रयोग गर्ने ट्रेन्ड नै चलेको थियो । अहिले त्यो ट्रेन्ड पुरानो भैसकेको छ ।

दर्शकले स्वस्थ मनोरञ्जन भएका सन्देशमूलक चलचित्रलाई बढी माया गर्छन् भन्ने कुरा छक्का पञ्जा–३ को सफलताले पुष्टि गरिसकेको छ । यति हुँदा–हुँदै पनि कहिलेकाहीँ पुरानै ट्रेन्डको पुनरागमन हुन्छ । यतिबेला चलचित्र ‘जे सुकै होस्’ त्यसै गरी पुनरागमन गर्ने तयारीमा छ ।

चलचित्रको हालै सार्वजनिक ट्रेलरमा सुन्दै लाज लाग्‍ने संवाद समावेश गरिएका छन्। पुसको तेस्रो साता प्रदर्शनमा आउने भनिएको उक्त चलचित्रको ट्रेलरमा सेन्सर बोर्डको नजर नपरेरै हुनसक्छ परिवारका सबै सदस्यले एकै ठाउँमा बसेर ती संवाद सुन्न सकिँदैन । यो चलचित्रका अधिकांश कलाकार नयाँ छन् । उनीहरूले यौनजन्य दृश्य पनि सहजै दिएका छन् ।

दुई अर्थी संवाद तथा यौनिक दृष्य समावेश भएको ट्रेलर यूट्युबबाट सार्वजनिक भैसकेको छ । अब हेर्नुछ, पूरै चलचित्रलाई सेन्सर बोर्डले कैँची चलाउँछ कि जस्ताको तस्तै पास गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.