जडीबुटीबाट पेस्तोल र लागुऔषधसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 19 | 05:48 pm 2578

काठमाडौं, मंसिर ३ : काठमाडौंको जडीबुटीबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । तराईबाट काठमाडौं ल्याउँदै गर्दा उनीहरुलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत, बाननेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी स्थायी घर भएका भूवन परियार र मनिपुरन चौधरी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख ९एसएसपी० वसन्त लामाले बताए।

उनीहरुको साथबाट ८४० ट्याब्लेट नाइट्रो म्याट लागुऔषधसमेत बरामद गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.