छरितो सेवा दिन घरको तथ्याङ्क लिइँदै

रिपोर्ट नेपाल | 2018 Oct 05 | 09:41 am 1695

काठमाडौं, असोज १९ः सेवालाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ।

पानी, बिजुली, सुरक्षा, फोहरमैलाजस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।

काठमाडौँमा कति घर छन्, ती घरमा कति मानिस बस्छन् र ती मानिसले के गर्छन्, कुन–कुन बैङ्कमा खाता छ, त्यस घरको नागरिक विदेश गएका छन् कि छैनन् जस्ता पम्पूर्ण पक्षको जानकारी लिइनेछ ।

प्रत्येक घर कति जग्गामा बनेको छ, उक्त घरले विभिन्न शीर्षकमा महानगरमा वार्षिक कति कर तिर्नुपर्छ जस्ता विषयको पनि जानकारी लिइनेछ । कामपामा हाल दुई लाख ५६ हजार घर छन् ।

तथ्याङ्क लिएपछि महानगरले प्रत्येक घरको विस्तृत विवरण सर्भरमा राखी सर्भर कोडको आधारमा सेवाग्राहीले खोजेको तीन÷चार मिनेटमै घरमै बसी सेवा लिन सक्नेछन् ।

महानगरको कुनै पनि सुविधा नलिएको कारण मुलुकको प्रशासनिक केन्द्र सिंहरबारमा भने उक्त सुविधा उपलब्ध हुने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.