बेइजिङ, असार ६ : चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल काठमाडौंसम्म आइपुग्ने बताएका छन् । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा उनले उक्त कुरा बताएका हुन्।
सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफु तयार रहेको समेत बताएका छन् ।नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् ।
ग्रेट हल अफ दी पिपुलमा भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीति अख्तियार गरिहरेकोमा र नेपाली भूमिबाट कुनैपनि चीन विरोधी गतिविधि हुन नदिएकोमा आभार प्रकट गरे।
उनले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गरे। प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल बार्ता पनि भएको थियो। बार्तामा दुई पक्षीय हित र सहयोग अदानप्रदानका बिषय छलफल भएको बताइएको छ।
यो पनि पढ्नुहोस् : नेपाल र चीनबीच के-के सम्झौता भए ?