चरेशसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 14 | 10:05 am 3170

बेनी,जेठ ३१ : म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्लाष्टिकमा टेपले बेरी बजारमा लैजाने तयारीमा राखिएको चरेशसँगै रोकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बेनीमा बुझाइएको छ ।

लागूऔषध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुम आसपासमा लुकिछिपी लागूऔषध तथा पदार्थको ओसारपोसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको छ ।

म्याग्दीमा ठूलो परिणाममा चरेश र त्यसको ओसारपसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेश बनाउने गरेको प्रहरीको अनुमान छ । रुम आसपासबाट म्याग्दीका साथै छिमेकी बागलुङतर्फसमेत पठाइने गरेको प्रहरीको दाबी छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.