गुल्मेली खरेल जापानमा महासचिव बने

| 2023 Jul 30 | 09:02 pm 1785

काठमाडाैं, साउन १४। गैर आवासीय संघ राष्ट्रिय परिषद् जापानको अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशन‌ले गुल्मी जिल्लाको मुसीकोट नगरपालिका अर्न्तगत अर्लाङ‌कोटका युवा टिकाराम खरेललाई सम्मानजनक मत सहित विजयी महासचिव पदमा बनाएको छ ।

सानो उमेर देखिनै समाजसेवामा सकृय खरेल केहि समय अघि आफू जन्मीएको अर्लाङकोटमा स्थापना हुने माध्यमिक विद्यालयका लागि सहयोग लिएर जापानबाट अर्लाङकोट आएका थिए। गुल्मेली तन्नेरी जापान गएर कमाएको मान सम्मानप्रति गुल्मेलीले बधाइको ओइरो दिएका छन ।

जहाँ भए पनि आफू जन्मीएको ठाँउलाई तन, मन र धनले सहयोग गर्नुपर्छ भन्ने सोच राख्ने खरेलको महासचिव पदमा भएको विजयीलाई गुल्मेलीले उत्सवका रुपमा लिएको नेपाली कांग्रेसका नेता हरीनारायण सापकोटाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.