गणपति चलचित्रको गीत रिलिज अगावै हिट  !

रिपोर्ट नेपाल | 2023 Aug 19 | 05:53 pm 3337

काठमाडौं, भदाै २ । चलचित्र गणपतिको “उन भित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला” बोलको गित टिकटक लगायतका सामाजिक सञ्जालमा रिलिज अगावै हिट भएको छ।

शंकर अधिकारी घायलको रचना र बाबुल गिरीको संगीत रहेको उक्त गीतको सामाजिक सञ्जालमा चर्चा चल्न थालेको हो ।

चलचित्र गणपति नेपालसँगै बिश्वभर एक साथ प्रदर्शनको मिति तय भएसँगै गित पनि हिट भएपछि चलचित्रको ब्यापार समेत बढ्ने आँकलन गरिएको छ ।

सबिन अधिकारीद्वारा लिखित तथा निर्देशित रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ ।

फिल्म अमेरिका,अष्ट्रेलिया, जापान,क्यानडा,मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ ।रिजाल एन्ड रिजाल प्रोड्क्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो ।

भदौ १४ गते प्रदर्शन हुने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भुमिकामा छ्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.