क्यानडामा लामीछानेको जादु

रिपोर्ट नेपाल | 2023 Aug 02 | 10:46 pm 1873

काठमाडौँ, साउन १७ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले प्यान्थर्स  विरुद्ध आफ्नाे जादुमयी बलिङ्ग प्रदर्शन गरेका छन् ।

उनले आफ्नो चार ओभरको स्पेलमा ६ रन दिएर ३ विकेट लिएका छन् । लामिछानेको आक्रामक बलिङ्गका कारण प्यान्थर्स जम्मा ५६ रनमा अल आउट भएकाे छ ।

झिनाे रनकाे लक्ष्य लिएर लामिछाने सम्मिलित टोली सर्रे ज्यागुअर्स अहीले मैदानमा खेली रहेकाे छ । सात ओभरको खेल सकिदा २ विकेट गुमाएर ३८ रन बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.