कविता – देशप्रेम

रिपोर्ट नेपाल | 2023 Aug 24 | 08:38 pm 5753

कविता

संसारमा सबैभन्दा राम्रो हाम्रो देश

देशलाई चिनाउने आफ्नै भाषा भेष

माया लाग्छ आफ्नै देशको जहाँ गए पनि

हामी कति भाग्यमानी प्रकृतिका धनी

तराईको गर्मीलाई पहाडले छेक्छ

हिमालको चिसो हावा सबै ठाँउमा पुग्छ

संसारमै त्यस्तो ठाँउ कहाँ होला साथी

नेपाल हो, नेपाली हाैं, गर्व गर्ने छाती

 

उपाधी पाण्डे

कक्षा ४

नेपाल मेगा स्कूल, अनामनगर, काठमाडाैं

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.