उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाट ५० लाख सहयोग

| 2023 Nov 04 | 01:44 pm 557

काठमाडाैं, कार्तिक १८ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी तुल्याएको नेपाली काग्रसले जनाएको छ।

यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेसले  सबैमा अपील गरेको छ।

यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको जनाएको छ साथै स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेसले अपील गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.