उदयपुरमा मोटरसाइकल दुर्घटनाः माझीको मृत्यु, राई घाइते

रिपोर्ट नेपाल | 2018 Nov 25 | 12:52 pm 2012

-तुल मगर

उदयपुर, मंसिर ९  : चतरा र कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । आज विहान ५ बजेको समयमा बेलका नगरपालिका- ९ बाट रामपुर आउदै गरेको २२ प ८२८८ नम्बरको मोटर साईकल दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा परी सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर- ६ बस्ने ४५ वर्षीय शैलेश माझीको मृत्यु भएको छ भने उनीसँगै सवार बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का १७ वर्षीय जितेन राई गम्भिर घाईते भएका छन् ।

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउँकोमा गहिरो चोट लागेका माझीको उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । घाईते भएका राईको पनि धरानमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविन सिंहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.