‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय

| 2023 Jun 19 | 12:56 pm 1769

काठमाडौं, असार ४ । ‘आदिपुरुष’ फिल्मको नेपालका लागि वितरण गर्ने जिम्मा लिएकाे आधिकारीक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापीरूपमा उक्त फिल्म प्रदर्शन गर्न रोक्ने निर्णय गरेको छ । देशव्यापी रुपमै सबै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको कम्पनीका निर्देशक मनोज राठीले बताए । ‘निर्णयपश्चात देशैभरी फिल्म प्रदर्शन रोकिएको पनि उनले बताए ।

फिल्म वितरक कम्पनीसँग काठमाडाैं महानगरपालिकाले समन्वय नगरी फेसवुक स्टाटसका भरमा फिल्म राेकेकाे प्रति असन्तुष्टि जनाउँदै राठीले भने “पत्राचार बिना सामाजिक संजालबाट भनेका भरमा हल व्यवसायीले फिल्म राेक्नु हुन्छ भने हामीले अन्त पनि किन चलाइरहनु पर्याे ” त्यसैले हामीले याे निर्णय गरेका हाैं र “हामी कानूनी उपचारमा पनि जादैनाै” उनले थपे ।

काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहकाे माैखिक निर्देशनमा चलचित्र संघ र हल व्यवसायीले आधिकारीक निर्णयबिना फिल्म राेकेकाेप्रति असनतुष्टि रहेकाे साथै मेयर शाहले यस विषयमा समस्या समाधानका लागि कुनै चासाे नदेखाएकाे राठीले गुनासाे पाेखे ।

जानकी भारतकी छाेरी भएकाे भन्ने उक्त  फिल्ममा रहेकाे संवादकाे विषयलाइ लिएर मेयर शाहले ३ दिनकाे समय दिएर सच्याउनका लागि सामाजिक संजाल फेसबुक मार्फत  समय दिएका थिए तर संवाद नसच्याइएकाे भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका हुन् । ।

मेयर शाहकाे निर्देशन पछि आज काठमाडाैं महानगरमा रहेका कुनै पनि हलमा ‘आदिपुरुष’ लगायत कुनै हिन्दी चलचित्र चलेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.