काठमाडौँ २८ जेठ / मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७ औं जयन्तीमा सार्वजनिक विदा दिइएको हो ।
मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो। गत वर्ष उनका अनुयायीहरूले सदगुरु प्रकाटय दिवसमा सार्वजनिक विदाको मागसहित सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो।
कबीर साहेव ६२७ वर्षअघि काशी शहर नजिकको लहेरतारा तलाउमा ब्रम्हमुर्हत पारेर सशरीर र सतलोकबाट बालक रुप धारण गररी फक्रेको कमलको फूलमा लीला गर्न विराजमान हुन् आएका थिए भन्ने मान्यता छ । नियमित रुपमा तत्कालिन समयका धुरन्धर,चर्चित रामानन्द ऋषिका शिष्य अष्टानन्द ऋषिले यो दृष्य प्रत्यक्ष देखेको ग्रन्थहरूमा उल्लेख छ ।