आज तीनवटा समितिको बैठक बस्दैँ

रिपोर्ट नेपाल | 2025 Apr 07 | 07:54 am 317

काठमाडौँ २५ चैत २०८१ / संघीय संसद सचिवालयका अनुसार अर्थसहित तीनवटा समितिको बैठक बस्दैँछ । तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।

दिउँसो ३ः०० बजे देखी सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.