असई विक हत्याका आरोपी राज्यमन्त्री शर्मा साधारण तारेखमा छुटे

| 2018 Aug 13 | 06:44 pm 2511

बर्दिबास, साउन २८ : सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा छुटेका छन् । थुनछेक बहसपछि साधारण तारेखमा छुटेका हुन् ।

सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टाको बयानपछि थुनछेकको भएको थियो । थुनछेक बहसपछि न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

असर्इ हत्या मुद्दामा अदालतले राज्यमन्त्री शर्मालार्इ दोषी ठहर गरेपछि उनी केही समयदेखि ‘फरार अभियुक्त’को सूचीमा थिए । तर सोमबार उनी आफै अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।

यो पनि पढ्नुहोस् :

असई विक हत्याका आरोपी राज्यमन्त्रीको बयान सकियो, थुनछेक बहस जारी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.