बालिका करणी गर्न खोज्ने श्रेष्ठ प्रहरीको खोरमा

रिपोर्ट नेपाल | 2018 Sep 21 | 01:52 pm 1823

भोजपुर, असोज ५ :  विभिन्न ठाँउमा भएका बलात्कारको घटना सेलाउन नपाउदै भोजपुरमा अर्कि बालिकालाई बलात्कारको प्रयास भएको छ । गोठमा सुतिरहेकी बालिकालाई जवर्जस्ती करणी गर्न लागेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीका अनुसार अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.