सभामुखले रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउनुपर्‍यो: नेपाली कांग्रेस

रिपोर्ट नेपाल | 2026 May 13 | 12:18 pm 221

काठमाडौँ ,वैशाख ३० / प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सभामुखले रुलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई संसद्‌मा बोलाउन माग गरेका हुन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ । ‘आज पनि अवस्था उस्तै छ । मैले प्रधानमन्त्री देखेको छैन ।

नीति तथा कार्यक्रममा देखिएको प्रश्नको जवाफ दिने कार्यसूची देखेका छौं । प्रधानमन्त्रीलाई सदनमा हामीले देख्न सकेनौँ,’ उनले भने, ‘सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुखको हो । हजुर हाम्रो नायक हो । तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सभामा बोलाउन हार्दिक अनुरोध गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.