सामाजिक संजालबाट महिलाको चरित्र हत्या गर्ने महताे पक्राउ

| 2023 Dec 07 | 04:44 pm 1089

काठमाडौं, मंसिर २१ / एक बिबाहित महिलाको सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको अभियाेगमा साइवर व्युराेकाे टाेलिले एकजनालाई पक्राउ गरेको छ।सामाजिक संजाल मार्फत चिनजान भई विभिन्न समयमा भेटघाटको क्रममा आफूहरू बीच भएको कृयाकलापकाे श्रव्य दृश्य सम्पादन गरि आफ्नो श्रीमानलाई पठाएर बैबाहिक सम्बन्धमा असर पारिदिएकाे उजुरीको आधारमा चतुर्मान महताेलाई पक्राउ गरिएको साइवर व्युराेले जनाएको छ।चितवन रत्ननगर नगरपालिका १० का महताेले निवेदक महिलाको श्रीमानलाई मेसेजिङ एप मार्फत दृश्य पठाएको खुलेको छ।बबरमहलबाट पक्राउ परेका महताेका विषयमा थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको व्युराेले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.