सशस्त्र प्रहरीद्वारा १२ लाखको लत्ताकपडा लगाएत अवैध सामानहरु बरामद 

| 2023 Oct 30 | 01:30 pm 1869

वीरगंज,१३।कात्तिक सशस्त्र प्रहरीले भन्सार छलि गरि ल्याएको अवैध सामानहरु ठुलो मात्रामा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाले अवैधरुपले भित्राएको लत्ताकपडा,हार्डवेयर,बच्चाहरुको खेलाउना ,चिनि र किराना सामान लगाएतको सामानहरु नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल बिओपी बरैनियाको मातहत रहेको सिमानाका बाट हुने तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुबाट भित्राएको अवैध लत्ताकपडा,हार्डवेयर, मिकि माउस खेलाउना,मोटरपार्टस, खसिबोका,सोफि रक्सी पक्राउ गरि वीरगंज भन्सारमा बुझाएका छन भन्ने बाेयलर कुखुरा नष्ट गरेका छन।

सशस्त्र प्रहरी बल बिओपीले असोज महिनामा अवैधरुपले ल्याएको सामानहरु करिब ७ लाख २२ हजार३ सय ४० रुपैया बरारबरको बरामद गरेको हो भन्ने कार्तिक महिनामा ५ लाख रुपैयाँ बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी बल बिओपीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले सिमानाकामा थप कडाई गरेको दाबी गरेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.