क्रिकेटर लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

| 2023 Oct 12 | 02:27 pm 1621

काठमाडाै‌ं, असोज २५ ।  बालिका बलात्कारको आरोप लागेका सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटका सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइनपुगेको कारण गोलाद्वारा सुनुवाई गर्ने मुद्दा छनाैट गरेको हो ।  गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.