मन्त्रीले राम्रो काम नगर्दा काम गरेको भनेर भाषण गर्न पाइन: पौडेल

| 2023 Sep 24 | 02:10 pm 885

काठमाडौँ ७ असोज । तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै युवा नेता तथा सांसद प्रदीप पौडेलले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्न नसकेको बताएका छन् ।

पौडेलले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम नगर्दा मन्त्रीले गरेको कामलाई प्रचार गर्न नपाएको गुनासो गरेका हुन् । पौडेलले काम केहीपनि नगर्ने भए वर्तमान गठबन्धन जोगाउनु मात्रै ठूलो उपलब्धी नभएको बताएका छन् ।

पौडेलले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताए। संसारभरबाट दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले लगानी वातावरण नेपालमा पनि सिर्जना गरी रोजगारी बढाउनु पर्ने बताए। पौडेलले आर्थिक अवस्था दयनीय रहेको टिप्पणी समेत गरे।

पौडेलले १६ औं पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ हामीले त्यसबारे छलफल गर्नुपर्छ,’ उनले भने, ‘युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नु पर्ने बताए ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.