पाल्पा,भदौ १३ । तमघासबाट बुटवलका लागि छुटेको स्कोर्पियो पाल्पाको जोर्तेमा पहिरोले पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया मनकला चुदारा, यमबहादुर बोहरा र रेत भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी तानसेन अस्पताल पठाइएको छ ।