काठमाडाैं, भदाै ४ । नेकपा एमालेले संसदमा गरेको गतिरोध अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन् । संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाएको जनाइएको छ ।