यस्तो छ तपाईंको भदौ २ गते शनिबारको राशिफल

| 2023 Aug 19 | 08:21 am 1773

काठमाडौँ, भदौ २।

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ २ गते शनिबार, ई.सं. १९ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष तृतीया , नक्षत्र- उत्तरफाल्गुनी, योग- सिद्ध, करण- तैतिल, चन्द्रराशि- कन्या, सूर्योदय ५ः३६ सूर्यास्तः १८ः३७ ।

मेष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

मिथुन : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

तुला : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, ।

वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

धनु : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.